समाचार:काठमाडौं, कात्तिक २० – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वपक्षीय अन्तरिम सरकार गठनको मागसहित काठमाडौंमा प्रदर्शन गरेको छ। बिहीबार दिउँसो राजधानीको विभिन्न स्थानबाट र्‍याली निकाल्दै पार्टीले भृकुटीमण्डपमा पुगेर सभा सम्पन्न गरेको हो। हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टीको आधिकारिक धारणा जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपाले जनाएको छ। भृकुटीमण्डपमा आयोजित सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्दैछन्। पार्टीले मुलुकमा उत्पन्न राजनीतिक अनिश्चितता अन्त्य गर्दै सबै पक्षको सहभागितासहित अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सारेको छ।