काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ अर्ब ६५ करोड ६४ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीले कुल छ लाख ८८ हजार नौ सय ८२ वटा बीमालेखबाट यो शुल्क संकलन गरेका हुन् ।
चालू आवको पहिलो त्रैमासिकमा नेपाल इन्स्योरेन्स कम्पनीले मात्र ४३ हजार चार सय आठ वटा बीमालेखबाट ७० करोड ६२ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसबाहेक दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ११ हजार सात सय २७ बीमालेखबाट ७८ करोड ८५ लाख १३ हजार, राष्ट्रिय बीमा कम्पनीले पाँच हजार पाँच सय ७२ वटा बीमालेखमार्फत ४१ करोड ४१ लाख ५८ हजार, नेसनल इन्स्योरेन्स कम्पनीले छ हजार सात सय ७८ वटा बीमालेखबाट ४२ करोड ८४ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनीले ७२ हजार दुई सय २२ वटा बीमालेखमार्फत ९२ करोड ८३ लाख ७७ हजार, प्रभु इन्स्योरेन्स कम्पनीले २५ हजार पाँच सय तीन वटा बीमालेखबाट ५० करोड ५६ लाख २७ हजार, शिखर इन्स्योरेन्स कम्पनीले ७९ हजार चार सय ४० वटा बीमालेखमार्फत एक अर्ब ३८ करोड ४६ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यता, एनएलजी इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्म ५३ हजार नौ सय ५० वटा बीमालेखमार्फत एक अर्ब दुई करोड ५६ लाख ५८ हजार, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले ७३ हजार ९५ वटा बीमालेखमार्फत एक अर्ब १९ करोड ६६ लाख ४५ हजार, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले २८ हजार दुई सय ५४ वटा बीमालेखमार्फत ६८ करोड १८ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
तीन महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७० हजार छ सय ३० वटा बीमालेखमार्फत एक अर्ब २२ करोड ४३ लाख ९२ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ६५ हजार एक सय दुई वटा बीमालेखमार्फत एक अर्ब ४९ करोड ८३ लाख ३० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्तबाहेक आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५० हजार आठ सय १७ वटा बीमालेखमार्फत ९९ करोड छ लाख ७९ हजार, युनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले एक लाख दुई हजार चार सय ९४ वटा बीमालेखबाट ८८ करोड २९ लाख तीन हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।