काठमाडौं । इ–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, ‘द बिगेस्ट सेल अफ दि इयर’को आयोजना गर्ने घोषणा गरेको छ ।
‘फर दि सोस्टपर इन यु’ थिममा आधारित हुने यो अभियान सोमबार राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गतेसम्म चल्नेछ । करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको शृङ्खला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५ प्रतिशतसम्म अफको फ्ल्यास सेल, ७५ प्रतिशतसम्म अफको मेगा डिल, ७० प्रतिशतसम्म अफको हट डिल र रोमाञ्चक फास्टेस्ट फिङ्गर फ्ल्यास सेललगायत समाबिस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११/१११/१,१११/११,१११ रुपैयाँ डिलहरु पनि पाउन सकिने कम्पनीले जनाएको छ । साथै, असंख्य उत्पादनहरुमा ब्रान्ड स्पटलाइट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभ पनि लिन सकिनेछ । डेलिभरी डिस्काउन्ट सुविधा तीन सय ९९ रुपैयाँमाथिका अर्डरमा तथा छ सय ९९ रुपैयाँमाथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।
मेगासेलमा रोमाञ्चकता थप्नका लागि एक रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले एक रुपैयाँ मूल्याङ्कन गरिएका निःशुल्क उपलब्ध हुने (शत प्रतिशत छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नुपर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाएका उपभोक्ताहरुमध्येबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्ने सुनौलो अवसर पाउनेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम १० हजार रुपैयाँको खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।
सेलको सुरुवातमा मिडनाइट रस आवरअन्तर्गत आठ प्रतिशत हाई भ्यालुका भौचरहरू राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्यास भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मा पनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि फेसन विकेन्ड (शनिबार–आइतबार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्युटी एन्ड केयर फ्राइडे र दराजमल मन्डेमा पनि विशेष छुट र सीमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानलमार्फत बाई थ्रि गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पाइनेछ ।
यस वर्षको मेगा डिलमा सेताफिल, र्होटो, एईबीबी, न्युलाइट, युनिलिभर, होनसा, ग्रिनलाइफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्रान्डहाउस, अल्टिमा लाइफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल दुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाइफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्युटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा इटालिया, ¥हाइना डर्मा रहेका छन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्रान्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर इलेक्ट्रोनिक्स, फेसन, एफएमसीजी, हेल्थ एन्ड ब्युटी, होम अप्लायन्सेस तथा लाइफस्टाइलअन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।