काठमाडौं । दार्चुला पावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही मंसिर १२ गते काठमाडौंको गौशालामा आफ्नो नवौँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।