काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड तीन लाख ४० हजार ४३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७० लाख दुई हजार आठ सय ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार तीन सय पाँच रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ६६ करोड ९९ लाख ११ हजार आठ सय ५३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८८ करोड १९ लाख दुई हजार चार सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिा १० करोड ८७ लाख ८५ हजार आठ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड ६९ लाख ३३ हजार चार सय ८७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ करोड ७४ लाख २९ हजार एक सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २८ लाख ९८ हजार दुई सय २८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।