काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४४ लाख ८८ हजार नौ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड एक लाख ६२ हजार चार सय ४६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ४९ करोड ७३ लाख ५२ हजार चार सय ५८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब चार करोड तीन लाख ५५ हजार छ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड २९ लाख ४६ हजार सात सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ५५ लाख ६९ हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ६२ लाख ९६ हजार चार सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १४ लाख १० हजार आठ सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।