काठमाडौं । कृषि विकास बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पछिल्लो पटक बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२को नाफाबाट करसहित उक्त अनुपातमा लाभांश वितरण गर्नै घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा तीन दशमलव २५ प्रतिशत बोनस सेयर र करसहित नौ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । यसैगरी बैकले अग्राधिकार सेयर पुँजीमा वार्षिक छ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।