काठमाडौं, सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको चुनावी सरकारले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै एघार देशका राजदूतहरुलाई स्वदेश फिर्ता बोलाएको छ । सरकारले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि त्यस्को विरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत ९ गते आइतबार राजूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।
उक्त आदेशपछि राजदूतहरु फिर्ताको टिकट काट्ने सीजिङ नामक ट्राभल एजेन्सीले काटिएका टिकट रद्द गर्ने कि नगर्ने भनी मन्त्रालयमा पत्रचार गरेपछि परराष्ट्र मन्त्रालयले १७ गते अर्को पत्र पठाउँदै एघार देशका राजदूतहरुलाई अदालतको आदेश विपरीत स्देश फर्कन पत्राचार गरेको हो । उक्त आदेश अनुसार चीत, जर्मन, इजरायल, मलेसिया, कतार, साउदी अरब, स्पेन, बेलायत, जापान र अमेरिकामा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाएका थिए ।