काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् एनपीएल दोस्रो संस्करणमा पनि साझेदारी जारी राखेको जनाएको छ । कम्पनीले यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको हो ।
नेपाली क्रिकेटसँगको यो आबद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पु¥याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले हालैका टि–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको बताए । क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा र सबैलाई एकताबद्ध राख्ने खेल रहेको उनको भनाइ छ ।
एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरु आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ । क्रिकेटको विकासका लागि सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई राखिएको क्यानका सचिव पारस खड्काले बताए । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।