काठमाडौं । इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले नारायणघाट, चितवनमा आफ्नो नयाँ ३एस सोरूम (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ ।
सोरुमको सञ्चालनले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुकेले सोरुमको उद्घाटन गरेका थिए । साथै, विभिन्न गन्यमान्य व्यक्तित्वहरू, प्रोटोन इमासका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोटोन ई.मास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो । नयाँ सोरूमले एकै स्थानमा बिक्री, सेवा र वास्तविक स्पेयर पाट्र्ससहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले प्रोटोन इमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले चितवनको तीव्र विकसित सहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास जनाए । नारायणघाट शाखा थपिएसँगै, प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका बचनलाई पूरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।