काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड सात लाख आठ हजार एक सय ७५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो नाफा एक करोड ३४ लाख ९९ हजार दुई सय ७६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब १२ करोड ४५ लाख ११ हजार ३१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९७ करोड ५४ लाख ८९ हजार नौ सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा नौ करोड ८८ लाख ६९ हजार ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८९ करोड २४ लाख ६२ हजार तीन सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड २० लाख ६५ हजार तीन सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।