काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता नियन्त्रणका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको छ । आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको राष्ट्र बैंकको भनाइ छ ।
परिपक्व हुुने अवधि ८४ दिन तोकिएको यो उपकरणको सावाँ ब्याज भुक्तानी माघ १८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।