काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटीलगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले सिद्धार्थ हस्पिट्यालिटी, बन्दीपुर माउन्टेन रिर्सोट, बन्दीपुर खाजा घरसहितका पाँचवटा संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकहरुले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्यबराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिकरुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
