काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन ३० दशमलव दुई अंकले घटेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि पाँच दशमलव ८० अंकले घटेर २५ सय ६० दशमलव २९ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य पाँच अंकले घटेर चार सय ४४ दशमलव ५६ बिन्दुमा झरेको छ । धितोपत्र बजारमा आज आज तीन सय २७ वटा कम्पनीहरुको ४० हजार पाँच सय ९१ पटकको कारोबारमा ८६ लाख ४७ हजार आठ सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल चार अर्ब ५१ करोड ४४ लाख आठ हजार दुई सय ३६ रुपैंयाँको शेयर कारोबार भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको मध्ये होटल तथा पर्यटन, लगानी र व्यापार उपसमुहको सुचक उकालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।