काठमाडौँ, नेकपा माओवादी केन्द्रसहितको वाम एकता प्रक्रियामा असहमत रहेका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू नेकपा एमालेमा पुनः समाहित भएका छन्।
सोमबा...
काठमाडौँ, नेकपा माओवादी केन्द्रसहितको वाम एकता प्रक्रियामा असहमत रहेका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू नेकपा एमालेमा पुनः समाहित भएका छन्।
सोमबार काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरूलाई एमालेले औपचारिक रूपमा पार्टीमा स्वागत गरेको हो।कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री, श्रेष्ठलगायत नेताहरूलाई पार्टीको झण्डा र खादामाला अर्पण गरी स्वागत गरेका थिए। सो क्रममा नवप्रवेशी नेताहरूले सांकेतिक रूपमा ‘कमल चिन्ह’ हस्तान्तरण गर्दै पार्टीप्रति निष्ठा व्यक्त गरेका थिए।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत पनि एमालेमा प्रवेश गरेका छन्।त्यस्तै केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सञ्जीव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य र प्रविण घर्तीमगरलगायतका नेता–कार्यकर्ता पनि एमालेमा समाहित भएका छन्। ‘घर फर्क अभियान’ अन्तर्गत एमालेले पछिल्ला केही सातादेखि विभिन्न असन्तुष्ट र स्वतन्त्र वामपन्थीहरूलाई पुनः पार्टीमा फर्काउने पहल थालेको छ।