काठमाडौं। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण प्रस्तुत गरेका छन्। सरकारका मुख्य निर्णयहरू यस प्रकार छन्: नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने। भदौ २३–२४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने। २०८२ कात्तिक २६–२८ गते भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधिमण्डल पठाउने स्वीकृति। भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने। २०८२ फागुन १–७ गते कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न स्वीकृति। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।