काठमाडौं । सामसङ नेपालले ‘ग्यालेक्सी वडस् थ्री एफई’ बजारमा ल्याएको छ । उत्कृष्ट कार्यसम्पादन, एआई सुविधा र मनमोहक रूप–रङ्ग चाहने प्रयोगकर्ताका लागि यो नयाँ ट्रू–वायरलेस एयरफोन विशेषरूपमा निर्माण गरिएको छ ।
यो अत्याधुनिक उपकरणले अबसम्म फ्ल्यागसिपस्तरमा सीमित रहेका सुविधा र प्रविधिलाई व्यापक प्रयोगकर्तासम्म पु¥याउने लक्ष्य लिएको छ । नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता (एआई) संयोजन र आइकोनिक ‘ब्लेड’ डिजाइनसहित ‘ग्यालेक्सी वडस् थ्री एफई’ले ग्यालेक्सी परिवारभित्र ध्वनि प्रविधिको नयाँ युगको सुरुवात गरेको छ । यसमा रहेको सक्रिय ध्वनि–रोक प्रविधिले वरिपरिका अवाञ्छित आवाजलाई घटाएर गहिरो र स्वच्छ अडियो अनुभव सुनिश्चित गर्छ । त्यस्तै, स्फटिक–जस्तो स्पष्ट कल प्रविधि र कृत्रिम बुद्धिमत्ता सहायक प्रणालीले कुराकानीको क्रममा आवाजलाई अवरोध–रहित र स्पष्टरूपमा प्रस्तुत गर्नेछ । यो एअरफोनमा ठूलो स्पिकर र परिष्कृत ध्वनि प्रविधि प्रयोग गरिएको छ, जसले संगीत सुन्दा वा कुराकानी गर्दा सन्तुलित र उच्च–गुणस्तरीय ध्वनि प्रदान गर्छ । साथै, मेसिन सिकाइ प्रविधिको प्रयोगले कोलाहलपूर्ण वातावरणमा पनि प्रयोगकर्ताको आवाजलाई सटीकरूपमा छुट्याउने जनाइएको छ ।
यसमा उपकरणहरूबीच छिटो रूपान्तरण गर्न सकिने स्वचालित रूपान्तरण सुविधासहित आएको छ । एप्लिकेसन–रहित नियन्त्रण र तीव्र जडान क्षमताका कारण, संगीत सुन्ने, संवाद गर्ने वा यात्रा गर्ने क्रममा प्रयोगकर्ताले सधैं सहजता र नियन्त्रणको अनुभव पाउँछन् । यसको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन् ।