बाजुरा । गए राति मुगुमा लु. ५ त. १२३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो।
मुगुमा विद्युत् पोल बोक्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा बाजुराका चालकको मृत्यु भएको हो। सोरुकोट प्रहरी चौकीका बलवीर लावडले बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भएर करिब सात सय मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा हुम्ला अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी घाइते भएका छन् ।