काठमाडौै– मिसेस नेपाल वल्र्ड २०२५ का प्रतियोगी मध्येकी एक हुन्- सजनी जोशी ।
काठमाडौं निवासी नेवारी समुदायमा जन्मेकी जोशी पेशाले अधिवक्ता हुन् । उनी महिला हक, अधिकार र शसक्तिकरणको अभियानमा लागेकी छिन् । साथसाथै उनी क्षेत्रपाटी निशुल्क चिकित्सालय लगायत अन्य संस्थामा समेत कार्य समितिमा रही समाजमा योगदान पु-याई रहेकी छिन् ।
प्रतियोगीतामा जीत हार भन्दा पनि महिला हक अधिकार स्थापनाको लागि आवाज उठाउन प्लेटफर्म पाएकोमा उनी खुशी छिन् ।
मानिसले आटे, चाहे के कुरा हुँदैन र ? साथै सफल पुरुषको पछाडि महिलाको हात भए झैं सफल महिलाको पछाडि पनि पुरुषको हात हुन्छ । परिवारको साथ, सहयोग, हौसलाले आज म जे जहाँ छु, परिवारको साथले नै भएर यहाँ सम्म आइपुगेको हुँ भन्ने सजनी जोशीको भनाइ छ । उनलाई आउँदो २९ गते हुने मिसेस नेपाल वल्र्ड २०२५ को शुभकामना ।
