काठमाडौं । बाँकेमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।