काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र सोकी फ्लेभरको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ । हिमालयन डिस्टिलरीका अनुसार यो मिडियम बढी ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ । कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो । ‘श्लोक’ एउटा स्वाद मात्र होइन, एउटा कथा, प्रत्येक सिपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति रहेको कम्पनीको भनाइ छ । हाल सात सय ५० मिलि, एक सय ८० मिलि र ९० मिलि गरी तीनवटा साइजमा उपलब्ध छ । सोको मूल्य क्रमशः दुई हजार आठ सय ६० रुपैयाँ, सात सय १५ रुपैयाँ र तीन सय ६० रुपैयाँ रहेको छ ।
हिमालयन डिस्टिलरीका अनुसार श्लोक हिमालयन प्रिमियम ह्विस्कीको सार्वजनिकरणले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिनेछ । गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय स्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्ने कम्पनीको विश्वास रहेको छ ।