काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रालिले नेपालमा पहिलो इलेक्ट्रिक ह्विल लोडर एसडीएलजी एल ९८६ एचईएभी मोडल सार्वजनिक गरेको छ । पञ्चकन्या ग्रुपअन्तर्गतको एक्सप्लोर अर्थ मुभर्सले हालै नयाँ मेसिन सार्वजनिक गरेको हो ।
नयाँ मेसिनले वातावरणमा न्यूून हानि पुर्याउने भएकाले विद्युतीय सवारीसाधनको प्रयोगमा सरकारी प्राथमिकतालाई बल पुग्ने कम्पनीको विश्वास छ । यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ ।
यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधिसहित वातावरणमैत्री रहेको छ भने एसडीएलजी मेसिनहरूको परिचित नामको रुपमा नेपाली बजारमा लन्च गरिएको छ । यसमा भएको अत्याधुनिक ब्याट्री प्रविधिले एकपटकको चार्जमा लामो समय सञ्चालन गर्न मद्दत गर्नेछ । यो लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रालि बल्खु, काठमाडौंमा प्रदर्शनका लागि उपलब्ध छ ।