काठमाडौँ । सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको घरपरिवार सँगको मायाप्रेमको संवेदनशील कथा समेटिएको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ । सो गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ । रत्न विकको बाँसुरी, हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, सरोज विष्टको गितार, भुवन गन्धर्वको तबला र पोशन मगरको मादलले गीतलाई जीवन्त बनाएको छ । गीतकार राउतका अनुसार गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको सङ्घर्ष समेटिएको छ । “घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”, गीतकार राउतले भने ।