काठमाडौं । शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन तीन दशमलव २१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार २० दशमलव ५६ अंकले ओरालो लागेर २५ सय ४४ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले ओरालो लागेर चार सय ४१ दशमलव चार बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा तीन सय २१ वटा कम्पनीहरुको ६६ हजार आठ सय २४ पटकको कारोबारमा ८४ लाख चार हजार छ सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार चार सय ११ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक १९ दशमलव ९६ अंकले बढेर सात हजार दुई सय ८७ दशमलव ७८ बिन्दुमा चढेपनि बाणिज्य बैंक, बिकास बैंक, फार्ईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।