काठमाडौं । लघुवित्त संस्थाहरुमा जोखिम बढ्नथालेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले लघुवित्तहरुमा खराब कर्जा बढेको र खुद नाफा ओरालो लागेको देखाएको हो ।
हाल ५२ लघुवित्त संस्थाहरू सञ्चालनमा छन् । तीमध्ये हालसम्म २० वटाले उक्त विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरणअनुसार यो अवधिमा धौलागिरि लघुवित्तले २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाउँदा नौ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाले एक करोड २४ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाउँदा आठ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी, आत्मनिर्भर लघुवित्तले यो अवधिमा एक करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाउँदा १२ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको उक्त संस्थामा १४ दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यसबाहेक आरएसडीसी, गुराँस र कालिका लघुवित्तले पनि क्रमशः दुई करोड ११ लाख सात हजार, एक करोड ४४ लाख ८८ हजार र दुई करोड तीन लाख ४० हजार रुपैयाँ खुद नाफा गरेका छन् । यी संस्थामा क्रमशः चार दशमलव ४४, तीन दशमलव १३ र छ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरुले क्रमशः दुई करोड ६० लाख ९८ हजार, एक करोड एक लाख ६२ हजार र एक करोड ७० लाख दुई हजार रुपैयाँ खुद नाफा कमाएका थिए भने क्रमशः दुई दशमलव ५७, तीन दशमलव १६ र चार दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
असोजसम्म हिमालयन, इन्फिनिटी र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि क्रमशः दुई करोड सात लाख आठ हजार, तीन करोड १४ लाख ७७ हजार र ९० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । तीन महिनामा यी तीन लघुवित्तहरुमा क्रमशः छ दशमलव ९५, १० दशमलव ८१ र १७ दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरुले क्रमशः एक करोड ३४ लाख ९९ हजार, सात करोड १० लाख ८८ हजार (ऋणात्मक) र ६८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए भने क्रमशः तीन दशमलव ७२, ११ दशमलव ३५ र १८ दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यता फर्स्ट माइक्रोफाइनान्स, मानुषी र स्वरोजगार लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः एक करोड ६८ लाख ४० हजार, ४२ लाख ९१ हजार र पाँच करोड छ लाख ४७ हजार रुपैयाँ खुद नाफा गर्दा क्रमशः चार दशमलव २४, छ दशमलव १४ र सात दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरुले क्रमशः तीन करोड १० लाख ८० हजार, ५६ लाख १६ हजार (ऋणात्मक) र तीन करोड ६८ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ४४, पाँच दशमलव १३ र पाँच दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार डिप्रोक्स, महुली र आरम्भ चौतारी लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः २० करोड २२ लाख १५ हजार, तीन करोड ४४ लाख ७७ हजार र ८२ लाख छ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः आठ दशमलव ७३, पाँच दशमलव ९५ र चार दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संंस्थाहरुले क्रमशः छ करोड ७९ लाख ८४ हजार, चार लाख ४९ हजार र दुई करोड १५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः नौ दशमलव शून्य एक, चार दशमलव ८३ र दुई दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
नेस्डो समृद्ध, फरवार्ड र उपकार लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः तीन करोड २६ लाख २९ हजार, पाँच करोड ७१ लाख ५३ हजार र ७७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः २० दशमलव ९४, आठ दशमलव ८० र पाँच दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संंस्थाहरुले क्रमशः ७९ लाख ९१ हजार, चार करोड १६ लाख १९ हजार र ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः १९ दशमलव ४८, सात दशमलव ३८ र एक दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
सूर्योदय, वोमी, विजय र गणपति लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः छ करोड २४ लख ५२ हजार, तीन करोड २० लाख ११ हजार र एक करोड १६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ६४, १३ दशमलव ६० र चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने सूर्योदय वोमी र विजयले क्रमशः चार करोड ७१ लाख ८३ हजार र तीन करोड ४५ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा गणपतिले भने १० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः छ दशमलव ३०, नौ दशमलव ५७ र चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।