काठमाडौं । केयी नेपालका आधिकारिक आयातकर्ताले जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले केयी ग्राहक भेट र्याली आयोजना गरेको छ । यस कार्यक्रममा केयी प्रयोगकर्ताहरुले थापाथलीबाट क्लब हिमालय, नगरकोटसम्मको रमाइलो र अर्थपूर्ण यात्रा गरेका थिए ।
र्यालीमा ५६ वटा केयी गाडी र एक सय ९३ जना सहभागी थिए । कम्पनीका अनुसार यस कार्यक्रमको उद्देश्य ग्राहकहरुबीचको सम्बन्ध अझ मजबुत बनाउनु र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्नु थियो । सहभागीहरूले ड्राइभसँगै प्रकृति, रमाइला खेल र समूहगत क्रियाकलापहरुको आनन्द लिए ।
क्लब हिमालय पुग्नेबित्तिकै सहभागीहरुलाई स्वागत कार्यक्रम, अन्तक्र्रियात्मक सत्र र भेटघाटका अवसरहरु प्रदान गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणमध्ये एक सीपीआरसम्बन्धी सचेतना र तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरुले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाएका थिए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति जागरूकता बढाएको कम्पनीको दाबी छ ।