काठमाडौँ । सुनको मुल्य बुधबारको तुलनामा विहीबार तोलामा पाँच हजार ९०० ले वृद्धि भएको छ । बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । बुधबार एक तोला सुनको मुल्य दुई लाख ४४ हजार ३००मा कायम भएको थियो ।