काठमाडौं, भदौ १५ आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा २१ करोड दुुई लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५२ रुपैयाँ ३० पैसा रहेको छ ।