एनसेलले सोमबारबाट हुन लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरू ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरूले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरू बोनस स्वरूप निःशुल्क पाउनेछन् । एनपीएल फ्यान प्याकहरू शनिबारबाट लागू भएको कम्पनीले जनाएको छ । यो अफर मंसिर २७ गतेसम्म सञ्चालनमा रहनेछ ।
अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी डेटा वा एक जीबी डेटाजस्ता एक दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ ।
एनसेल यस पटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ । एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँमा अनलिमिटेड डेटा, दुई सय रुपैयाँमा कम्बो र कम्बो रिन्युवल, सधैँ अन ३९९, सधैँ अन ३९९ रिन्युवल, ५९९ रुपैयाँको होम एन्ड अवे र होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँको अनलिमिटेड अल नेपाल र अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँको अनलिमिटेड अल नेपाल र २९९ अनलिमिटेड अल नेपाल रिन्युवल प्याक गरी ११ वटा प्याकहरू रहेका छन् । यी सबै प्याकले प्याकको प्रकारअनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रूपमा सुनिश्चित गर्छन् ।
कम्पनीका अनुसार ९९ रुपैयाँ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैँ अन ३९९ र सधैँ अन ३९९ रिन्युवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, ५९९ रुपैयाँ होम एन्ड अवे वा यसको रिन्युवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क युट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरूले एक जीबी डेटा बोनस पाउनेछन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा एक दिनको रहनेछ । एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारबाट सुरु भई मंसिर २७ सम्म चल्नेछ ।