काठमाडौं । सेयरबजार साताको पहिलो कारोबार दिनमै खुम्चिएको छ । आइतबार नेप्से पाँच दशमलव १५ अंकले घटेर २५ सय ४० दशमलव ५७ विन्दुमा थामिएको हो ।
तीन सय ३७ वटा सेयर ४७ हजार एक सय ७६ पटक किनबेच भएका थिए । ७९ लाख ५७ हजार ५६ कित्ता सेयर बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार सात सय ९३ रुपैयाँ छ । १३ मध्ये तीनवटा उपसमूह बढे पनि बाँकी ओरालो लागेका छन् । यीमध्ये होटल तथा पर्यटन ११ दशमलव ९७ तथा उत्पादनमूलक र अन्य क्रमशः दुई दशमलव १५ र १६ दशमलव ७३ विन्दुले उकालो लागेका छन् ।
तर वाणिज्य बैंक चार दशमलव ११, विकास बैंक २७ दशमलव ५७, फाइनान्स १९ दशमलव ७१, जलविद्युत् १६ दशमलव २१, जीवन बीमा १६ दशमलव ३९, निर्जीवन बीमा ५२ दशमलव ११ अंकले घटेका छन् । लगानी, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः शून्य दशमलव ३५, १८ दशमलव, ४७ र शून्य दशमलव शून्य दुई विन्दुले खुम्चिएका छन् ।