काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ४४ लाख ७७ हजार चार सय १९ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले चार लाख ४९ हजार आठ सय ८४ रुपैंयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार पाँच सय रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ८७ करोड १५ लाख ५८ हजार चार सय ९१ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५६ करोड ४७ लाख ४८ हजार दुई सय १३ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १३ लाख ७३ हजार पाँच सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १३ करोड दुई लाख १२ हजार आठ सय ९६ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ७९ लाख ४१ हजार दुई सय ५५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४४ लाख ३४ हजार छ सय ३० रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।