काठमाडौं । नेपाल टेलिकमको नाफामा उल्लेख्य गिरावट आएको छ । टेलिकमले सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २३ प्रतिशत भन्दा बढीले नाफामा गिरावट आएको हो ।
कम्पनीले प्रथम त्रैमासिकसम्म खुद नाफा १ अर्व ३२ करोड ५१ लाख ७५ हजार रहेको छ । गत आ.व. को सोही अवधिमा कम्पनीको खुद मुनाफा १ अर्व ७३ करोड ९५ लाख ९० हजार रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको मुनाफामा ४१ करोड ४४ लाख १५ हजार अर्थात् २३ दशमलब ८२ प्रतिशतले कमी भएको हो । कम्पनीको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा भने २ अर्व ८८ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिमा ३ अर्व ५५ करोड ३६ लाख ९४ हजार रुपैयाँ थियो । कर अघिको मुनाफामा पनि १८ दशमलब ९० प्रतिशतले कमी आएको छ ।
कम्पनीले कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रहेको जनाएको छ । गत वर्षको सोही अवधिका ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ रहेको थियो । कुल सञ्चालन आयमा पनि समान्य गिराजट आएको छ । यस्तै, कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार पुगेको छ । यो गत आ.व. का १० अर्ब ६ करोड ३७ लाख ३५ हजार को तुलनामा ५९ करोड २६ लाख ८५ हजार अर्थात ५ दशमलब ८९ प्रतिशले कम हो । कम्पनीको प्रति–शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल टेलिकमले गत वर्षको तुलनामा आय र मुनाफामा कमी आउनुको कारणमा ओटीटी सेवाको विस्तार, व्याजदरमा कमी, कर्मचारी खर्च बढोत्तरी, दुर्गम क्षेत्रमा सेवा–विस्तार र गुणस्तर सुधार भएको जनाएको छ ।