काठमाडौ । जगदम्बा मोटर्स प्रालिअन्तर्गतको इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन इमासले विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूम सञ्चालनमा ल्याएको छ ।
नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन इमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ । यस सेन्टरले विराटनगरका प्रोटोन इमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धताजस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन इमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले ईभी प्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।