काठमाडौ । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूम संचालनमा ल्याएको छ । कम्पनीले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना अनुसार बिर्तामोडमा शाखा संचालमा ल्याएको हो ।
कम्पनीका अनुसार बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । बिर्तामोड शोरूम उघाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ । कम्पनीले शोरूम उघाटनको तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गरेको छ ।
सोमबारसम्म चल्ने क्याम्प अवधिमा, ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन् । यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ । ग्राहकहरूले उत्कृष्ट मूल्याड्ढन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन् ।