काठमाडौं, भदौ १६ काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा सोमबार सङ्क्रमण पुष्टि भएको हो  । मेयरकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ । हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेसनमा छन् । उनमा कोभिड–१९ का कुनै लक्षण छैन । मेयरको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ ।