काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १५ दशमलव ७० अंकले उकालो लागेको नेप्से परिसुचक साताकोे चौंथो कारोबार दिन आज बुधबार भने चार दशमलव ९८ अंकले ओरालो लागेर २५ सय ६१ दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले ओरालो लागेर चार सय ४२ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ५० हजार छ सय २६ पटकको कारोबारमा ८३ लाख ८८ हजार तीन सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार सात सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा चार वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेकाछन् ।