काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले १७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । उक्त साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अधिकृत तथा जारी पुँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य एक सय रुपैयाँ दरको १७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष योजनाहरू, कम्पनीमा कार्यरत कर्मचारीहरू तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ । गत कात्र्तिक २६ सम्पन्न भएको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।