काठमाडौ । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले ७१ लाख ५४ हजार आठ सय ४६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ५९ करोड ८३ लाख २७ हजार छ सय ५० रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब तीन करोड २५ लाख सात सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ६३ लाख ३५ हजार पाँच सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५६ करोड ७७ लाख २६ हजार सात सय ६२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७५ करोड २३ लख १३ हजार एक सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड आठ लाख ८६ हजार आठ सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।