बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामामा जारी विरोध प्रदर्शनका बीच जेन–जी युवालाई वार्तामा बस्न आह्वान गरेका छन्। जेन–जी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर सीडीओ मिश्रले संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताउँदै वार्ताको प्रस्ताव राखेका हुन्।
उपाध्यायका अनुसार सीडीओ कार्यालयमा बोलाएको भए पनि आफूहरू त्यहाँ पुग्न सक्ने अवस्था नरहेको बताएका छन् । उनले “संवादबाटै समाधान खोज्नुपर्छ भन्दै बाराका सीडीओले टेलिफोन गरेको बताएका छन् । तर आफुहरु त्यहाँ जान नसक्ने अबस्था रहेको बताएका छन् ।
प्रहरीको लाठीचार्जबाट धेरै जेन–जी युवाहरू घाइते भएका कारण प्रशासन कार्यालयतर्फ जाँदा भीड पनि त्यतै लाग्ने र थप जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ। त्यसैले प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय सिमरामै वार्ता हुनुपर्ने अडान दोहोर्याएका छन्। सीडीओ मिश्रले भने वार्तामार्फत तनाव न्युनिकरण गर्ने प्रयास जारी रहेको बताएका छन् ।