काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन चार दशमलव ९८ अंकले खुम्चिएको नेप्से परिसुचक आज पुन शुन्य दशमलव ९३ अंकले ओरालो लागेर २५ सय ६० दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर चार सय ४० दशमलव ६५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ६६ हजार ७९ पटकको कारोबारमा एक करोड चार लाख ४९ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ६८ करोड ८८ लाख ६८ हजार दुई सय ९९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लाग्दा जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।