काठमाडौं । बाराको सिमरामा बुधबार र बिहीबार निरन्तर भएको तनावपछि जेन(जी समूह प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग छलफल गर्न तयार भएका छन् । अहिले स्थिति सामान्य रहेको र आफूहरू वार्ताका लागि तयार रहेको जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले जानकारी दिए । वार्तामा झडपको विषय र शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ ।