काठमाडौँ । बजारमा सात खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँबराबरको नोट चलनचल्तीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ वार्षिक वित्तीय विवरणअनुसार २०८२ असार मसान्तसम्ममा उक्त परिमाणको नोट चलनचल्तीमा रहेको देखिएको हो ।
अघिल्लो आवको सोही अवधिको तुलनामा यो १० दशमलव ३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा छ खर्ब ९० अर्ब १५ करोड रुपैयाँबराबरको नोट चलनचल्तीमा थियो । चलनचल्तीका कुल नोटमध्येमा एक रुपैयाँ दरको १६ करोड नौ लाख ७४ हजार छ सय ३५ रुपैयाँबराबरको १६ करोड नौ लाख ७४ हजार छ सय ३५ थान रहेको छ । त्यसैगरी दुई रुपैयाँ दरको १८ करोड ५० लाख ७८ हजार छ सय ६० रुपैयाँबराबरको नौ करोड २५ लाख ३९ हजार तीन सय ३० थान नोट चलनचल्तीमा रहेको छ । यसैगरी पाँच रुपैयाँ दरको भने तीन अर्ब ७६ करोड २५ लाख आठ हजार नौ सय ३० रुपैयाँबराबरको ७५ करोड २५ लाख एक हजार सात सय ८६ थान नोट चलनचल्तीमा रहेको छ । १० रुपैयाँ दरको भने पाँच अर्ब ८४ करोड ५७ लाख १२ हजार १० रुपैयाँबराबरको ५८ करोड ५५ लाख ७१ हजार दुई सय एक थान नोट चलनचल्तीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार २० रुपैयाँ दरको भने सात अर्ब ६७ करोड ८७ लाख ४४ हजार पाँच सय ४० रुपैयाँबराबरको ३८ करोड ३९ लाख ३७ हजार दुई सय २७ थान नोट चलनचल्तीमा रहेको छ । २५ रुपैयाँ दरको भने पाँच करोड ७० लाख २० हजार ७५ रुपैयाँबराबरको २२ लाख ८० हजार आठ सय तीन थान नोट मात्र चलनचल्तीमा रहेको छ । ५० रुपैयाँ दरको भने १३ अर्ब ६१ करोड १० लाख ७९ हजार चार सय रुपैयाँबराबरको २७ करोड २२ लाख २१ हजार पाँच सय ८८ थान नोट चलनचल्तीमा रहेको छ । एक सय रुपैयाँ दरको पनि ३१ अर्ब ४१ करोड ३२ लाख ८९ हजार रुपैयाँबराबरको ३१ करोड ४१ लाख ३२ हजार आठ सय ९० थान नोट चलनचल्तीमा देखिएको छ । दुई सय ५० रुपैयाँ दरको भने आठ करोड ७४ लाख २१ हजार दुई सय ५० रुपैयाँबराबरको तीन लाख ४९ हजार छ सय ८५ थान नोट चलनचल्तीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकका अनुसार पछिल्लो समय पाँच सय रुपैयाँ दरको भने एक खर्ब ६५ अर्ब १३ करोड ५८ लाख ८५ हजार पाँच सय रुपैयाँबराबरको ३३ करोड दुई लाख ७१ हजार सात सय ७१ थान नोट चलनचल्तीमा देखिएको छ । यसैगरी एक हजार रुपैयाँ दरको भने पाँच खर्ब ३३ अर्ब ४७ करोड २२ लाख ८६ हजार रुपैयाँबराबरको ५३ करोड ३४ लाख ७२ हजार दुई सय ८६ थान नोट चलनचल्तीमा रहेको देखिएको छ । राष्ट्र बैंकको यो तथ्यांक अनुसार चलनचल्तीमा रहेको कुल सात खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ मध्येमा सबैभन्दा बढी अर्थात पाँच खर्ब ३३ अर्ब नोट हजारको देखिएको छ । सोही कारण स्थानीय बजारको भुक्तानी प्रणालीमा पछिल्लो समय साना नोटको अभाव हुने गरेको हो ।