बैतडी । पञ्चेश्वर गाउँपालिका–४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थान, छर्रा ३५ थान, बारूद र केप १ थानसहित सोही गाउँपालिका–४ बगौरा बस्ने ४१ वर्षीय गम्भीरबहादुर चन्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित नमुना सामुदायिक वनबाट भरूवा बन्दुक २ थान फेला पारी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बनगारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।