काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराँते च्याम्पियनसिप २७औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई सहयोग गरेको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट प्रदान गरेको हो । नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले सहभागिता जनाउँदैछन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने कराते महासंघले जनाएको छ । अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् । एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी दिनमा करातेलाई मात्रै नभई अन्य खेलका खेलाडीहरूलाई पनि सहयोग गर्ने जानकारी दिए । अहिले मिसन २०२६ र २०२८ को ओलम्पिक गेमका लागि विदेशमा हुने प्रशिक्षणमा एनआरएनए सहकार्य गर्न तयार रहेको पनि बताए ।