काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पुरा गरेका आफ्ना ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पुरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्कासहित प्रमाणपत्र प्रदान गरी उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गर्दै सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा एक हजार चार सय ३९ युनिट रगत संकलन गरिएको थियो । कम्पनीले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।