काठमाडौं । सफ्टी हाइजिन प्रा.लि. उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । १४औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले कम्पनीलाई सम्मान गरेको हो ।
सफ्टी हाइजिन प्रा.लि.ले आ.व. २०८०÷८१ को आयकरतर्फ सर्वोत्कृष्ट भई उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको जनाएको छ । कम्पनीका अध्यक्ष यादव घिमिरेले कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए । इमान्दारीपूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने सबैलाई राज्यले एउटै बास्केटमा हालेर व्यवहार गर्दा खल्लो लागेको उनले गुनासो गरे । उनले आगामी दिनमा समग्र कर प्रशासन सुधार गर्न करदातालाई सम्मानजनक व्यवहारको खाँचो समेत औंल्याए ।
साथै, सरकारले करदाताबीच कसले बढी कर तिर्ने भन्ने पतिस्प्रर्धात्मक वातावरण बनाउन सके समग्र राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउन सक्नेतर्फ इंगित गर्दै सोही अनुरुप पाइला चाल्न अनुरोध गरे । सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरू कम्पनीले उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।