इस्लामाबाद । काबुल र इस्लामाबादबीच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगानी आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरुलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । आप्रवासीहरूले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउदै आएको जनाइएको छ ।
ेलो न्यूजका अनुसार, केही अफगानी आप्रवासीहरूमाथी पछिल्लो समयमा प्रहरीकोे दुव्र्यवहार अझै गम्भीर रुपमा बढ्दै गएको छ भने, प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र घुस लिने गरेका छन् । टोलो न्यूजले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा पाकिस्तानी प्रहरीले सार्वजनिक भेलाको क्रममा अफगान आप्रवासीहरू विरुद्ध नारा लगाउँदै उनीहरूलाई हटाउन आह्वान गरेको देखिन्छ ।
यी घटनाक्रमहरूको प्रतिक्रियामा, आप्रवासी अधिकारकर्मीहरुले यस विषयलाई राजनीतिकरण नगर्न चेतावनी दिँदै मनमानी गिरफ्तारीले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको जनाका छन् ।