काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से ३९ दशमलव ९२ अंकले उकालो लागेर २६ सय दशमलव २२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले उकालो लागेर चार सय ४८ दशमलव २९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ७६ हजार २८ पटकको कारोबारमा एक करोड ३३ लाख ८१ हजार नौं सय २६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब २८ करोड ६७ लाख ३३ हजार नौं सय १६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष उपसमुहको सामान्य अंकले ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, जलबिद्युत सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।