काठमाडौँ, रेडियो अडियोका संस्थापक तथा स्थापित पत्रकार दिपेन्द्र खनिया आइतबार आफ्नै घरमा मृत फेला परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, खनिया बानेश्वरस्थित आफ्नो घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको जनाएको छ। खनिया एक छोरी र श्रीमतीसहित बानेश्वरमा बस्दै आएका थिए। प्रहरी घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेको छ। खनिया रेडियो पत्रकारितामा स्थापित नाम थिए र देशभरका समाचार क्षेत्रमा उनको योगदान चर्चित रहेको थियो।