काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूले बोनस सेयर घोषणा गर्दा बोनस सेयरमा लाग्ने करको लागि पनि रकम व्यवस्थापन गर्नुपर्ने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई १०औँ पटक संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यसअघि निर्देशिकमा नसमेटिएको यो व्यवस्थालाई बोर्डले संशोधन गर्दै अबदेखि निर्देशिकामा नै समेटको हो ।
यो व्यवस्थापछि अबदेखि कम्पनीहरूले बोनस सेयर घोषणा गर्दा करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । अहिले पनि कतिपय कम्पनीले बोनस सेयर घोषणा गर्ने तर लगानीकर्ताले सो बोनस सेयरको छुट्टै कर तिरेपछि मात्रै सो डिम्याट खातामा दिने गरेपछि बोर्डले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्यनमा आएपछि कम्पनीहरूले करका लागि व्यवस्था गरी बाँकी लाभांश लगानीकर्ताको खातामा अनिवार्य जम्मा गरिदिनुपर्ने बोर्डको भनाइ छ ।